काठमाडौं ११ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको प्रति पछुतो भएको बताएका छन् ।
माओवादीको आठौं महाधिवेशनमा सहभागी भएका पोखरेलले शुभकामना दिँदै यस्तो बताएका हुन् ।
हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिाका कारण महान उद्देश्यहरुमा पछाडि परेको बताएका उनले भनेका छन् , नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ ।
एमाले र माओवादीको एकताका जोगाउनको लागि लागि परेको भएपनि जोगाउन नसकेको भन्दै दुखेसो पोखेका उनले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताएका छन् ।
यस अघि माओवादी केन्द्रकी नेत्रृ तथा उर्जा मन्त्री पम्फा भुसालले माओवादीले नै महान जनयुद्ध, विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो पार्टीको अग्रणी भुमिका खेलेको दावी गरेी थिइन् ।
उनको भनाई एङिगत गर्दै उनले कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताएका हुन् ।
आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले जिकिर गरेका छन् ।