मोरंगमा आज १३ जना कोरोना संक्रमित भेटिए , प्रदेश १ भर २३ जनामा संक्रमण — OSNepal

मोरंगमा आज १३ जना कोरोना संक्रमित भेटिए , प्रदेश १ भर २३ जनामा संक्रमण

LC (KTM) December 26, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१,झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर