संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार — OSNepal

संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो ।

२८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३० मा पुर्याएका थिए ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर