कोरोना संक्रमित घटेका हुन् की परिक्षण कम भएको हो ? — OSNepal

कोरोना संक्रमित घटेका हुन् की परिक्षण कम भएको हो ?

LC (KTM) May 30, 2021 0

नेपालमा थप ४,३६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

विगत २४ घण्टामा गरिएका १०,९८६ वटा पीसीआर परीक्षणमा ३,७०२ जनामा र १,७८४ एन्टिजन परीक्षणबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

जसमध्ये काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाण्डूमा ८०४ गरी कुल १,०९३ नयाँ सङ्क्रमित थपिएका छन्।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। गत २४ घण्टामा ६,२०५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितको सङ्ख्या घट्ने क्रम जारी, मृतकको सङ्ख्या पुन: १०० माथि
नेपालमा कोरोनाभाइरस सङ्क्रमण र मृत्युदर कहिलेदेखि ओरालो लाग्ला
शनिवार नयाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा झण्डै दुई हजार पाँच सयले कम पाइएको थियो।

तर ज्यान गुमाउनेको सङ्ख्या दुई हप्तापछि शुक्रवार एक सयभन्दा कम भएकोमा शनिवार पुन: उकालो लागेर ११६ पुगेको थियो।

परीक्षणको घट्दो क्रम
बिहीवारयता नेपाल ६४,७१९ पीसीआर परीक्षण भएकोमा २१,७७५ नमुनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतवारको प्रेस ब्रिफिङमा बताएका छन्।

सोही अवधिमा २९,३५२ जना सङ्क्रमणमुक्त भएको सरकारी विवरण छ।

तर सङ्क्रमितहरू घटिरहेको देखिँदा परीक्षण हुने सङ्ख्या समेत घट्दो पाइन्छ।

नेपालमा कोभिड परीक्षण. गत ७ दिन गरिएको पीसीआर र एन्टिजन परीक्षण र पुष्टि भएका सङ्क्रमित सङ्ख्या. .
बिहीवार, शुक्रवार र शनिवार कुल परीक्षण गराउनेको सङ्ख्या क्रमशः २०,९९२, २०,११० र १४,७५२ पाइन्छ। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर