इटहरीका मेयर कोरोना संक्रमितको घर घरमा, स्वास्थ्य अवस्थाबारे जानकारी लिदै — OSNepal

इटहरीका मेयर कोरोना संक्रमितको घर घरमा, स्वास्थ्य अवस्थाबारे जानकारी लिदै

LC (KTM) May 30, 2021 0

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुग्नुभएको छ ।

इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुग्नुभएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिनुभयो । उहाँले उपमहानगर जनताको साथमा रहेको वताउनुभयो ।

संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेमा जानकारी दिइएको छ । स्वास्थ्यकर्मीहरुको टोली सहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका छन । समस्या परेको वेला स्थानीय सरकार घरमै आउदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उहाँहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर