राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त — OSNepal

राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुत्त गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई अध्यक्ष नियुत्त गरेको आज जानकारी दिएका छन् । योसँगै हिजो बसेको मन्त्रिपरिषद्को बैठले अन्य सात निर्णय समेत गरेको छ ।

कार्किले पत्रकार सम्मेलन मार्फत सरकारले गरेका निणर्य सार्वजनिक गरेका हुन् ।

साथै भोली शनिबार क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा सार्वजनिक बिदा दिने समेत सरकारले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर