क्रिश्मसको अवसरमा सार्वजनिक बिदा दिने सहित यस्ता छन् सरकारका सात निर्णय — OSNepal

क्रिश्मसको अवसरमा सार्वजनिक बिदा दिने सहित यस्ता छन् सरकारका सात निर्णय

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । सरकारले भोली शनिबार क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकको निणर्य आज शुक्रबार सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहित सात निर्णय गरिएको बताएका छन् ।

बैठकमा औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने निणर्य भएको छ ।

अन्यमा निर्णयहरुमा विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने , क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने, संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने निणर्य गरेको छ ।

साथै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने समेत निणर्य गरेको छ ।

यसैगरी जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने र हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर