आउँदो निर्वाचनको विषयमा प्रधानमन्त्री देउवा र निवार्चन आयोगबिच छलफल हुँदै — OSNepal

आउँदो निर्वाचनको विषयमा प्रधानमन्त्री देउवा र निवार्चन आयोगबिच छलफल हुँदै

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । स्थानीय तहको निर्वाचनको विषयमा निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । शुक्रबार दिउँसो आयोगले प्रधानमन्त्रीसँग यस विषयमा छलफल गर्न लागेको हो ।

आउँदो बैशाखमा स्थानीय तहको निवार्चनको मिति तोक्ने विषयमा आज दुई पक्षबिच छलफल हुने लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी आउँदो बैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोक्‍ने विषयमा छलफल हुन लागेको बताएका छन् ।

यही चैत ५ गतेबाट स्थानीय तहका जनप्रतिनिधिको अवधि सकिने भएकाले
आउँदो वैशाख २० मा निर्वाचन गर्ने तयारी गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर