व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्दछ : वरिष्ठ नेता पौडेल — OSNepal

व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्दछ : वरिष्ठ नेता पौडेल

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो राजनीति यात्रामा केहि समयको लागि अल्पविराम लागेको बताएका छन् ।

आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका उनले केही क्षणको अल्पविराम मात्र भएको बताएका हुन् । नेता पौडेलले आज बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

जारी गरिएको विज्ञप्तमिा भनिएको छ , ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ ।’

पौडेलले विज्ञप्ती मार्फत पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई बधाई समेत दिएका छन् ।

व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने बताएका उनले विज्ञप्तीमा भनेका छन्, ‘यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया ठानेर जय पराजे जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर