सर्वोच्च अदालतले माग्यो सरकारसँग चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण — OSNepal

सर्वोच्च अदालतले माग्यो सरकारसँग चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।

बिहिबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले तिन दिनको समय दिएर शोभराजलाई थुनामुक्त नगर्नुको कारण सरकारसँग मागेको हो ।

गत पौष ७ गते शोभराजले अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख गरिएको छ ।

यदि शोभराजलाई थुनामुक्त गर्नु नपर्ने भए कारण सहित महान्यायाधिवक्ताको कार्यालय मार्फत् आदेश प्राप्त भएको मिति बाट तिन दिन सम्म जवाफ पेश गर्न अदालतले सरकारलाई आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर