कुपोषणमुक्त प्रदेश बन्दै प्रदेश नम्बर १ — OSNepal

कुपोषणमुक्त प्रदेश बन्दै प्रदेश नम्बर १

LC (KTM) December 23, 2021 0

प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशक वस्नेतले बताए ।

उनका अनुसार पाँचथरमा पाईलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताए । कुपोषणमुक्त प्रदेशका लागि आवस्यक जनशक्ति अभाव भएको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवस्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । उनले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताए । मन्त्री यादवले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवस्यक रहेकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर