कोरोनालाई जिते पछि पनि युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुरकी पत्नी प्रतिक्षाको निधन — OSNepal

कोरोनालाई जिते पछि पनि युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुरकी पत्नी प्रतिक्षाको निधन

LC (KTM) May 30, 2021 0

काठमाडौं । अनेरास्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पाल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधिकारीकी पत्नीको निधन भएको छ ।कोरोनालाई जिते पछि पनि उनको निमोनियाका कारण निधन भएको हो । निमोनियकाको उपचार गराउँदा आइतबार बिहान उनको  निधन भएको बताइएको छ । युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधिकारीको निधनलाई लिएर हार्दिक समवेदना प्रकट गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् उनले लेखेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुःखद समाचार !

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिव कमरेड तुल बहादुर अधिकारीकी जिवनसङ्गिनी प्रतीक्षा अर्याल अधिकारी को २०७८ जेठ–१६ गते बिहान २ः३० बजे कोरोना संक्रमितबाट निको भई निमोनिया को उपचार गराउँदा गराउँदै निधन भएको खबरले स्तब्ध र दुःखीत बनाएको छ ।

जिवनसङ्गिनीको निधनले कमरेड तुल बहादुरलाई गम्भीर आघात पुगेको छ । दुःखको यस घडीमा स्वर्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल कमरेड तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगायतमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर