स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित — OSNepal

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । आगामी निवार्चनलाई मध्यनजर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ ।शाखा अधिकृत रवीन्द्र प्रसाद पौडेलले बुधबार एक सुचना जारी गर्दै यसको जानकारी गराएका हुन् ।

‘लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । ‘जारी सुचनामा उल्लेख गरिएको छ ।

तथापी, स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा नरोकिने बताइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार अब उपयुक्त समय हेरेर कर्मचारीको सुरुवा गरिने भएको छ ।

आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको मन्त्रालयले जनाएको छ ।स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तर स्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर