नेपाली कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि मतदान सुरु — OSNepal

नेपाली कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि मतदान सुरु

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेपाली कांग्रेसको प्रदेश २ मा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज बिहिबार बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिले केहि बेर अगाडी मात्र सुरु भएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको छ । सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि निवार्चन गरिएको हो ।

संस्थापन पक्षबाट रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानल र र्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

प्रदेशको कुल आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको प्रदेश २ मा ७२ पदमा लागि १७४ जनाले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर