विद्युत महसुल नतिरेको भन्दै रंगशाला र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो — OSNepal

विद्युत महसुल नतिरेको भन्दै रंगशाला र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

LC (KTM) December 22, 2021 0

चितवन ७ पौष । विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाको लाइन काटिदिएको छ ।

भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन धुर्मुस सुन्तली फाउन्डेसन र मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीको लाइन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले काटिदिएको हो ।

रंगशालाको ले आठ लाख ८७ हजार रुपैयाँ र ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी रहेकाले लाइनकाटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले दिएको जानकारी अनुसार बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको छ ।

लाइन काट्न पुगेका प्राधिकरणा कर्मचारीलाई ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

कर्मचारीलाई तीन जना चौकीदार लगाएर एभरेस्ट ब्रुअरी उद्योगले लखट्ने प्रयास समेत गरेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर