क्यानका ६ बोर्ड सदस्यले भने : राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित खेलाडीमाथि कारबाही फिर्ता गर — OSNepal

क्यानका ६ बोर्ड सदस्यले भने : राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित खेलाडीमाथि कारबाही फिर्ता गर

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । नेपाल क्रिकेट संघ ९क्यान०का ६ जना केन्द्रीय पदाधिकारीहरुले क्यानले चार जना खेलाडीहरुमाथि गरेको कारबाही फिर्ता गर्न माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय पदाधिकारीहरु सञ्जयराज सिंह,अमित वीर पाण्डे , ऋषिराम गौतम ,छुम्बी लामा ,करन महतरा रमोहमद्द दवाडीले क्यानले एकलोटी खेलाडीहरुमाथि गरेको कारवाही फिर्ता गर्न माग गरेको हो ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने गरेको क्यानको निणर्य प्रति आपत्ती जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं ।’

पत्रकार सम्मेलनमा छुम्बी लामाले आफुहरुले धेरै पटक असहमतिहरु जायर गर्यौँ । तर, क्रिकेट नेतृत्व स्वेच्छाचारी भएर आफ्नो कुरा नसुनेको बताएका छन् ।

‘हामीले पटक पटक खेलाडीलाई कारवाही गर्नु राम्रो होइन भन्दा भन्दै उहाँहरुले सुन्नु भएन । त्यसैले यो कारवाही योजना अनुसार नियोजित रुपमा नै गरिएको हो ।’ लामाले सम्मेलनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर