संसद बैठमा एमालेको नारावाजीका बिच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत,बैठक १८ गतेसम्मका लागि स्थगित — OSNepal

संसद बैठमा एमालेको नारावाजीका बिच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत,बैठक १८ गतेसम्मका लागि स्थगित

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । आज बसेको संसद बैठले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संसद बैठक सुरु भएलगत्तै बेल घेराउ गरी नारावाजी गरेका थिए ।

नारावाजीका बिच पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

संसदको अब अर्को बैंठक पौष १८ गते दिउँसो १ बजे बस्ने भन्दै सभामुख अग्प्रिसाद सापकोटाले संसद बैठक स्थगित गरेका छन् ।

एमाले पार्टी फुट्नुमा सभामुख अग्निप्रसाद सापकोटा मुख्य कारक रहेको भन्दै नारावाजी गरिरहेका छन् ।

संसदमा नारावाजीका बिच पनि सभामुखले संसद बैठक सुचारु गरेका थिए । १० औं अधिवेशनको तेस्रो बैठकमा पनि एमालेको नारावाजीका बिच सुचारु भएको हो ।

एमालेले कित आफ्नो पार्टीले कारवाही गरेको नेतालाई कारवाही गरोस् कित सभामुखले नै राजीनामा दिनुपर्यो भन्दै माग राख्दै आएका छन् ।

आफ्नो यी दुई माग पुरा नभए संसद बैठक अवरुद्ध जारी राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर