ग्रिसमा भएको सवारी दुर्घटनापरि ज्यान गुमाउने चार नेपालीको पहिचान खुल्यो, शवलाई नेपाल ल्याउने तयारी — OSNepal

ग्रिसमा भएको सवारी दुर्घटनापरि ज्यान गुमाउने चार नेपालीको पहिचान खुल्यो, शवलाई नेपाल ल्याउने तयारी

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । ग्रिसमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुको पहिचान खुलेको छ ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परि मंसिरको पहिलो साता चार नेपालीको ज्यान गएको छ । भने दुई जना घाइते भएका छन् ।

सो दुर्घटनामा सातजना आप्रवासीको समेत मृत्यु भएको छ । ज्यान गुमाउने नेपालीहरुमा घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा,आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा रहेका छन् ।

घाइते भई हाल उपचार गराइरहेका नेपालीहरुमा भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य रहेका छन् ।

घाइते नेपालीहरुको बयान बाट नै दुर्घटनामा चार नेपाली रहेको जानकारी आएको थियो । अहिले शवलाई नेपाल पठाउने प्रक्रिया भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर