एमाले पार्टी फुट्नुमा सभामुख सापकोटाको हात रहेको भन्दै १० औं अधिवेशनको तेस्रो संसद बैठकमा पनि एमालेको नारावाजी — OSNepal

एमाले पार्टी फुट्नुमा सभामुख सापकोटाको हात रहेको भन्दै १० औं अधिवेशनको तेस्रो संसद बैठकमा पनि एमालेको नारावाजी

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । आज बसेको संसद बैठकमा पनि नेकपा एमालेका सांसदहरुले आफ्नो नारावाजी कायमै राखेका छन् । संसद बैठक सूरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरी विरोध जनाएका हुन् ।

एमाले पार्टी फुट्नुमा सभामुख अग्निप्रसाद सापकोटा मुख्य कारक रहेको भन्दै नारावाजी गरिरहेका छन् । संसदमा नारावाजीका बिच पनि सभामुखले संसद बैठक सुचारु गरिरहेका छन् ।

१० औं अधिवेशनको तेस्रो बैठकमा पनि एमालेको नारावाजी भइरहेको छ । एमालेले कित आफ्नो पार्टीले कारवाही गरेको नेतालाई कारवाही गरोस् कित सभामुखले नै राजीनामा दिनुपर्यो भन्दै माग राख्दै आएका छन् ।

आफ्नो यी दुई माग पुरा नभए संसद बैठक अवरुद्ध जारी राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर