एमसीसीबारे २०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं — OSNepal

एमसीसीबारे २०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले एकसीसीको तथ्यबारे बुझ्न आग्रह गरेका छन् ।
यो Project Implementation Agreement भएको बताएका उनले अनुदान रकम होसऋण हैन,तिर्न पर्दैन भनेका छन् ।

उनले समाजिक सञ्जाल मार्फत एमसीसी नेपालको कानूनभन्दा माथि नभएको भन्दै उनले कुनै विवाद भए अन्तर्राष्ट्रिय कानून अनुसार हुने बताएका छन् । सचित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज गर्दा समेत हुने यो एमसीसी शान्तिरसुरक्षारसीमा सम्झौता नभएको भन्दै सबैलाई यस विषयमा बुझ्न आग्रह गरेका छन् ।

एमसीसीको विषयमा २०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन२१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं भट्टराईले भनेका छन् । देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझ्न आग्रह गरेका भट्टराईले भनेका छन्, हल्ला हैन तथ्यमा लागौं

उनले भनेका छन्, ‘एमसीसी कुनै शान्तिरसुरक्षारसीमा सम्झौता होइन ,देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं’

उनले भनेका छन्,’MCC वारे तथ्य यो हो:१.यो Project Implementation Agreementहो;शान्ति/सुरक्षा/सीमा सम्झौता हैन;२.अनुदान रकम हो;ऋण हैन,तिर्न पर्दैन;३.नेपालको कानूनभन्दा माथि यो हुन्न;कुनै विवाद भए अन्तर्राष्ट्रिय कानून अनुसार हुन्छ;४.विदेशी सेना आउन्न;चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ!’

‘MCCवारे२०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन२१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं।देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं!हल्ला हैन तथ्यमा लागौं!..२’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर