बजेटबारे विपक्षी गठबन्धनको निष्कर्ष : संघीय संसद्मा पेस हुनु पर्ने बजेट अध्यादेशबाट ल्याएर सरकारले संविधानको उल्लंघन गर्यो — OSNepal

बजेटबारे विपक्षी गठबन्धनको निष्कर्ष : संघीय संसद्मा पेस हुनु पर्ने बजेट अध्यादेशबाट ल्याएर सरकारले संविधानको उल्लंघन गर्यो

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासका बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । आज बिहान आइतबार भएको छलफलमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले यस्तो निष्कर्ष निकालेको हो ।

छलफल पछि लगत्तै संयुक्त विज्ञप्ती जारी गरी संघीय संसद्मा पेस हुनु पर्ने बजेट अध्यादेशबाट ल्याएर संविधानको उल्लंघन गरेको बताइएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्धारा हस्ताक्षर भएको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लंघन गर्दै अवहेलना र संसद विघटन गरेको उल्लेख गरिएको छ ।

राज्यको संरक्षणमा राज्ययन्त्तको स्वेच्छाचारी रुपमा दुरुपयोग भएको पनि विज्ञप्तमिा जारी गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर