एमालेलाई सभामुख सापकोटाको आग्रह : अरुको कुरा सुन्न पनि धैर्यता गरिदिनुहोस् — OSNepal

एमालेलाई सभामुख सापकोटाको आग्रह : अरुको कुरा सुन्न पनि धैर्यता गरिदिनुहोस्

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेपछि दुई वटा विधयेक पास गरी बैठक स्थगित भएको थियो ।

संसद बैठक अगाडी अहिले ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको कार्यव्यवस्थाको बैठकले संसद बैठकमा प्रस्तुत् हुने कार्यसुची तय गर्ने भएको छ ।

साथै केही अध्यादेशहरु स्वीकृत गर्ने र समितिका सदस्यहरुको नामावली हेरफेर गर्नेबारे छलफल हुने बताइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेको सहभागिता रहँदै आएको छ ।

तर , एमालेका नेताहरु आफ्नो कुरा अगाडी राखेर बैठकबाट बाहिरिने गरेका छन्। मंगलरबार बसेको कार्यव्यवस्थाको बैठकमा पनि एमालेका प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा भएका थिए ।

बैठकको सुरुमै आफ्नो कुरा राखि बाहिरिएपछि सभामुख सापकोटाले अरुको कुरा पनि सुन्न आग्रह गर्दै अशन्तुष्टि व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर