देउवा गगन र शशांकलाई पछाडि पार्दे मुक्ताकुमारीले ल्याइन् सर्वाधिक मत, यति धेरै मत आउनुको कारण यस्तो छ — OSNepal

देउवा गगन र शशांकलाई पछाडि पार्दे मुक्ताकुमारीले ल्याइन् सर्वाधिक मत, यति धेरै मत आउनुको कारण यस्तो छ

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मधेशी महिलातर्फ अहिले सम्मकै सर्वाधिक मत ल्याएर धनुषाकी मुक्ताकुमारी यादवले मधेशी महिलातर्फको केन्द्रिय सदस्यमा पहिलो स्थान हासिल गरेकी छन् ।

चार जनाको लागि पाँच जनाको उम्मेदवारी परेको केन्द्रिय महाधिवेशनमा मुक्ताकुमारीले ३९६० मत ल्याएकी छन् । उनले सभापति , महामन्त्री र खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित शशांक कोइरालालाई समेत उछिनेर १४ औं महाधिवेशनको सर्वाधिक मत ल्याउने उम्मेदवार बनेकी हुन् ।

शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए । कोइरालाले भन्दा यादवले १२४ मत बढी ल्याएकी हुन् । कुन समुहबाट उम्मेदवारी दिएको मुक्ताकुमारीले स्पष्ट नपारे पनि उम्मेदवारको नामावली हेर्ने हो भने उनको नाम सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै समुहमा थियो ।

जसको कारण उनले निकै लोकप्रिय मत ल्याउन सफल भइन् । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर चर्चा बटुलेकी छन् ।
धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर-१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर