एमालेले दियो सभामुख सापकोटालाई यी दुई विकल्प, अब सापकोटाले दुई मध्ये कुन रोज्लान् — OSNepal

एमालेले दियो सभामुख सापकोटालाई यी दुई विकल्प, अब सापकोटाले दुई मध्ये कुन रोज्लान्

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई दुई वटा विकल्प दिएको छ । माधव नेपाल सहित १४ जनालाई आफ्नो पार्टीले कारवाही गरेको सुचना प्रकाशित गर्ने या ता मार्गप्रशस्त गर्न एमालेले सभामुखलार्य आग्रह गरेको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आज मंगलबार बसेको बैठकमा यस विषयमा छलफल भएको भन्दै प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष यी दुई विकल्प राखेका छन् ।

‘एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ति महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ उनले भने ।

आफ्नो अन्याय परेको बताएका उनले एमाले आजीवन जनताको न्यायका लागि लडेको बताएका छन् । यी दूई विल्प मध्ये एक विकल्प सभामुखले नरोजे सम्म संसद अवरोध गरिरै रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर