आफुलाई गरेको कारवाही अस्विकार गर्छु , मलाई अदालतले न्याय दिन्छ: मिलन पाण्डे — OSNepal

आफुलाई गरेको कारवाही अस्विकार गर्छु , मलाई अदालतले न्याय दिन्छ: मिलन पाण्डे

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट सदस्य समेत नरहने गरी निष्काशन गरेपछि पोण्डेले आफूमाथि गरेको कारबाही अस्वीका गर्ने बताएका छन् ।

मंगलबार मिश्रले संयोजन पाण्डेलाई निष्काशन गरेपछि पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेमा आफु आशावादी रहेको बताएका छन् ।

यदि आयोगले न्याय नदिए अदालतले न्याय दिने बताएका छन् । ‘पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’पाण्डेले भनेका छन् ।

आफुलाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने अधिकार मिश्र पक्षलाई नभएको भन्दै पाण्डले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हालका केन्द्रीय समिति सदस्य समेत रहेको २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को घोषणा गरेका पाण्डेले आफुमाथि गरेको कारवाही अस्विकार गर्ने बताएका छन् ।

विज्ञप्तीमा अघि भनिएको छ , ‘यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो । यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्मसहितको विवेकशील साझा पार्टीको निरन्तरता हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर