राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव केन्द्रीय सदस्यमा पराजित भएसँगै अबको ४ वर्ष कांग्रेसको केन्द्रीय समितिबाट बाहिर — OSNepal

राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव केन्द्रीय सदस्यमा पराजित भएसँगै अबको ४ वर्ष कांग्रेसको केन्द्रीय समितिबाट बाहिर

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपाली काग्रेसको १४ औं अधिवेशन अन्र्तगत भएको मधेसी महिलातर्फ केन्द्रीय सदस्यको मतगणनामा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् ।

शेखर कोइराला प्यानलबाट एकमात्र उम्मेदवारी यादव पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी रहेकी छन् । मधेसी महिलातर्फ केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ ९६९ मत ल्याएर पहिलो स्थान हासिल गरेकी छन् ।

साथै दोस्रो, तेस्रो र चौंथोमा क्रमश मिनाक्षी झा ३०१२, मन्जुकुमारी यादव २ ८ ८३ र नागिना यादव २ ८ ४६ मत ल्याएर परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी किरण यादव अब को ४ वर्ष कांग्रेसको केन्द्रीय समितिबाट बाहिर रहने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर