एमसीसी पास गर्न लागि परेका देउवालाई प्रचण्ड नेपालसहित एमाले पनि साथ नदिने — OSNepal

एमसीसी पास गर्न लागि परेका देउवालाई प्रचण्ड नेपालसहित एमाले पनि साथ नदिने

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नरह नरहेको बताएका छन् ।

भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको विषयको खण्डन गर्दै गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने कुरा भ्रामक भएको भनि स्पष्ट पारेका छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । आफ्नो पार्टीलाई सरकारमा जान कुनै रहर नभएको भन्दै उनले आफ्नो माग पुरा गर्न समेत भट्टराईले भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विषयमा अगाडी बढिरहँद्या एमाले सहित प्रचण्ड , माधव नेपालले असहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर