राजनीतिक दलहरु मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्नु हो : बारका अध्यक्ष श्रेष्ठ — OSNepal

राजनीतिक दलहरु मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्नु हो : बारका अध्यक्ष श्रेष्ठ

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतको विषयमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा विषयलाई लिएर महिनौ दिन देखि भएको विरोध प्रदर्शनमा सर्वोच्च प्रशासनले विरोध नगर्न निर्देशन दिएपछि अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

मंगलबार विरोध कार्यक्रम पछि श्रेष्ठले यस विषयमा प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरुलाई हामीले ‘१७ बुँदा दिइसकेका बताएका उनलेसबे राजनीतिक दलहरुले यो विषयमा निणर्य दिनुपर्ने बताएका छन् ।

‘मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्नु हो, उहाँहरुको उद्देश्य त्यही हो भने भन्नुपर्‍यो। होइन भने न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरुले पहल गर्नुपर्दछ ।’ उनले भनेका छन् ।

प्रधानन्यायाधीश जबराले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको बताएका उनले न्यायपालिकालाई नांगिन नदिन समेत आग्रह गरेका छन् ।

अध्यक्षले जबरासँग आग्रह गर्दै न्यायपालिकालाई नांगिन नदिन राजीनामा दिन समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर