लामो समय देखि टेको लगाएर राखेको पुल भाच्चिँएर गुडिरहेको टिपरमा खस्यो — OSNepal

लामो समय देखि टेको लगाएर राखेको पुल भाच्चिँएर गुडिरहेको टिपरमा खस्यो

LC (KTM) December 21, 2021 0

ललितपुर ६ पौष । टेको लगाएर राखिएको पुल भाच्चिँदा एक टिपर चालकको ज्यान गएको छ ।

चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिएर गाडी ना ८ ख ८१९१ नम्बरको टिपरमा ठोक्किँदा चालकको ज्यान गएको हो । नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको उक्त टिपर चालक दावरी ७ बुरुञ्चुलीका अजय मार्फा रहेका छन् ।

लामो समय देखि टेको लगाएर राखिएको उक्त पुल गुडिरहेको टिपरमा आएर ठोक्किँएको थियो ।

महानगरीय प्रहरी वृत्त चापागाउँले दिएको जानकारी अनुसार घटना लगत्तै घाइते चालकलाई मेडिसिटी अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर