२०४७ को संविधानको सिरानी हालेर बसेका दलहरुलाई गणतन्त्रमा लाने एक मात्र पार्टी माओवादी हो : मुक्ति प्रधान — OSNepal

२०४७ को संविधानको सिरानी हालेर बसेका दलहरुलाई गणतन्त्रमा लाने एक मात्र पार्टी माओवादी हो : मुक्ति प्रधान

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेकपा माओवादी केन्द्रका नेता मुक्ति प्रधानले समृद्धि, सुशासन र सामाजिक न्यायका लागि नेकपा माओवादी केन्द्रको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम सहभागी भएका नेता प्रधानले यस्तो टिप्पणी गरेका हुन् ।

आउँदै गरेको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा फेरि पनि पुष्पकमल दाहाल प्रचण्ड नै पार्टीको अध्यक्ष बन्ने दावी समेत उनले गरेका छन् ।

‘पार्टीलाई के उपयुक्त हुन्छ, त्यही गर्ने हो । विधान र नेतृत्व आदिका विषय खुला नै छ । अध्यक्ष प्रचण्ड हुनुहुन्छ भन्नेमा विवाद छैन । अध्यक्षको विषयमा विकल्प पनि छैन । नेतृत्वमा कसैले चाहेर वा नचाहेर आउने होइन, पार्टीले कुन विधि र प्रक्रियामा सम्मेलन गर्ने भन्ने कुरा प्रमुख हो ‘उनले भने ।

उनले आफ्नो पार्टी प्रतिस्पर्धा गर्न डराउँछ भन्ने कुरा झुट भएको बताएका उनले अघि भने , ‘सर्वसम्मति नभएको ठाउँमा मात्र चुनाव हुने हो । । एकभन्दा बढी उम्मेदवार भयो भने निर्वाचन हुन्छ, बागमती प्रदेशमा हामीले पदाधिकारीको निर्वाचन गर्यौं ।’

२०४७ को संविधानको सिरानी हालेर बसेका दलहरुलाई गणतन्त्रमा लगिदिएको आफ्नो पार्टी सबभन्दा सशक्त, अग्रगामी एजेन्डा ल्याउने र श्रमजीवीको प्रतिनिधित्व गर्ने पार्टी भएको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर