बजेटबारे भट्टराईको टिप्पणी : सिधासादा मतदातालाई 'ललीपप' मात्र बाँडेको देखियो — OSNepal

बजेटबारे भट्टराईको टिप्पणी : सिधासादा मतदातालाई ‘ललीपप’ मात्र बाँडेको देखियो

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा|)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत गरिएको २०७८ ७९ को आर्थिक बजेट मार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको आलोचना गरेका छन् ।

हिजो अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वषको बजेट सार्वजनिक गरेसँगै नेता भट्टराईले अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको बताउँदै सिधासादा मतदातालाई ललीपप बाँड्ने काम भएको ट्वीटर मार्फत बताएका हुन् ।

पुर्व अर्थमन्त्री समेत रहेका भट्टाईले एमाले सरकारले ‘पपुलिज्म’ मा समेत सिर्जनात्मकता देखाउन नसकेको टिप्पणी गरेका छन् । बजेट मार्फत एउटै नयाँ कुरा भनेको एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझिएको छ ।बजेट मार्फत उनै घिसेपिटेका नारा र कार्यक्रम मात्र भेटिएको नेता भट्टराईको तर्ब रहेको छ ।

भट्टराईले टुवीटरमा लेखेका छन् ,अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर