प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण , १ पुरुषको मृत्यु — OSNepal

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण , १ पुरुषको मृत्यु

LC (KTM) December 20, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १–१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८६ रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर