एमसीसीको विषयमा माओवादीले म्याऊं गर्दा समेत कांग्रेस नबोल्ने अनि ओलीकै मुख ताक्ने, बल्ल थाहा पायौ देश ओलीमय नै छ भन्ने सत्य ? — OSNepal

एमसीसीको विषयमा माओवादीले म्याऊं गर्दा समेत कांग्रेस नबोल्ने अनि ओलीकै मुख ताक्ने, बल्ल थाहा पायौ देश ओलीमय नै छ भन्ने सत्य ?

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा एमालेका नेता गोकुल प्रसाद बास्ँकोटाले एमसीसीका विषयमा खाष्टोमा लुकाएर राखेको माओवादी बिरालो म्याऊं गरेको भन्दै आलोचना गरेका छन् ।

नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत यस्तो आलोचना गरेका ह्ुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास हुन सक्दैन भनेपनि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पहिला माओवादीकै धारणा स्पष्ट र खुल्ला ढंग्गले सार्वजनीक हुन आवश्यक रहेको पनि बताएका छन् ।

माओवादीको यस्तो प्रतिक्रिया आउँदा पनि सत्तारुढ दल नेपाली कांग्रेस अध्यक्ष केपी ओलीकै मुख ताक्ने भन्दै उनले भने, ‘सत्तारुढ नबोल्ने ओलीको मुख ताक्नेरुअब थाहा पायौ,देश ओलीमय नै छ भन्ने सत्य ?’

उनले कांग्रेसले माओवादीलाई खाष्टोमा लुकाएर राखेको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन् , एमसीसीका विषयमा खाष्टोमा लुकाएर राखेको माओवादी बिरालो म्याऊं गरेछ। पहिला माओवादीकै धारणा स्पष्ट र खुल्ला ढंग्गले सार्वजनीक हुन आवश्यक छ।सत्तारुढ नबोल्ने ओलीको मुख ताक्ने ?अब थाहा पायौ,देश ओलीमय नै छ भन्ने सत्य ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर