ओलीले संसद विघटन गरेको आज एक वर्ष पुरा, कालो दिनको रुपमा मनाइँदै — OSNepal

ओलीले संसद विघटन गरेको आज एक वर्ष पुरा, कालो दिनको रुपमा मनाइँदै

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । समाजवादी प्रेस संगठन नेपालले आजका दिन अर्थात पौष पाँच गतेलाई कालो दिनको रुपमा मनाउने भएको छ । संगठनले अजा सोमबार प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयमा बहस समेत आयोजना गरेको छ ।

अहिले साढे १२ बजे स्काई दरबार बैंक्वेट बग्गीखानासँगै, रामशाहपथमा हुने यस कार्यक्रममा दलको शिर्ष नेताहरुको सहभागी हुने भएको छ ।

प्रतिगमन विरोधी सबै राजनीतिक दलहरूलाई एक ठाउँमा गरिने यो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्ट लगायतका नेताहरुको सहभागीता हुने भएको छ ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पौष ५ गते पहिलो पटक संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गरेका थिए । त्यस लगत्तै भएको सर्वोच्च अदालतको सुनुवाईले संसदलाई फेरि ब्युताइदिएको थियो ।

त्यसपछि पनि २०७८ जेठ ७ गते दोस्रो पटक संसद विघटन गरेका थिए । जसको परिणमा स्वरुप सर्वोच्चले शेरबहादुर देउवालाई परमादेशको प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।

एक वर्ष पुगिसक्दा पनि     नेकपा   एमालेले संसदको  विरोध भने गर्न छाडेको छैन । अहिले पनि   हरेक   संसद बैठक   अवरुद्ध  गर्दै  आएको   छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर