यी हुन शेखर पक्षबाट बिजयी केन्द्रीय सदस्य — OSNepal

यी हुन शेखर पक्षबाट बिजयी केन्द्रीय सदस्य

LC (KTM) December 19, 2021 0

काठमाडौं, ४ पुस-नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम राखेको छ । आइतबार साँझ सकिएको मगणनामा शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।

जसमा शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी ,डा राम शरण महत, बल बहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए ।

त्यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेताहरु कोही पराजित भएका छन् कोही विजयी भएका छन् ।

उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट गणेश लामा खुला तर्फ केन्द्रीय सदस्यमा विजय भएका छन् । ९९ जनामध्ये लामा ६४ जनालाई उछिन्दै ३५ जनाको कोटाभित्र पर्न सफल भएका छन् ।

फोरमबाट आएका दुबैको सार्वजनिक छवि भने राम्रो छैन । गच्छदार बालुवाटार जग्गा अनियमितता प्रकणमा मुछिएका छन् भने लामा गुण्डा नाइकेका रुपमा परिचित छन् । राजनीतिमा आएको धेरै भए पनि लामालाई अझै पनि धेरैले पुरानै परिचय गुण्डा नाइके भनेर चिन्छन् । जे होस् फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हारे पनि सो पार्टीका केन्द्रीय सदस्य लामालाई कांग्रेस प्रतिनिधिले पनि केन्द्रीय समितिमा राम्रै मत दिएर राजनीतिज्ञका रुपमा अनुमोदन गरेका छन् ।

त्यसो त कांग्रेसले लामालाई यसअघि प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए । संसदीय राजनीतिक प्रतिस्पर्धामा सुरुमै पराजय भोगेका लामाले पार्टीभित्रको प्रतिस्पर्धामा भने सफलता हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर