प्रदेश १ मा ११ जना लाई कोरोना संक्रमण , १५ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा ११ जना लाई कोरोना संक्रमण , १५ जना संक्रमणमुक्त

LC (KTM) December 19, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली र माईजोगमाईमा १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर