थप १८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २८९ जना भए निको — OSNepal

थप १८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २८९ जना भए निको

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेपालमा पछिल्लो २४ थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर