तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगे भन्दै बाँदरझुलाका सुकुम्बासीहरु लालपुर्जा माग गर्दै काठमाडौं — OSNepal

तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगे भन्दै बाँदरझुलाका सुकुम्बासीहरु लालपुर्जा माग गर्दै काठमाडौं

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष ।काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि चितवन माडी बाँदरझुलाका सुकुम्बासीहरु लालपूर्जा प्राप्तिको माग प्रर्दशनमा उत्रिएका छन् ।

बाँदरझुला संघर्ष समितिले आयोजना गरेको उक्त कार्यक्रममा विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगे, सरकारले मेरो घरमा आगो लगाइरहन्छ, न घर छ न जमिन, बाँदरझुला सुकुम्बासी बस्ती ब्यवस्थापन गर लगायत लेखेका प्लेकार्ड बोकेका छन् ।

आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने समेत प्रदर्शनमा सहभागीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर