ज्ञानेन्द्रलाई लक्षित गर्दै थापाले भन्ने - दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्कदैन — OSNepal

ज्ञानेन्द्रलाई लक्षित गर्दै थापाले भन्ने – दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्कदैन

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनस्स्थापनाको एकमात्र बाटो भएको बताएका छन् । नेता थापाले ट्वीटर मार्फत आइतबार यस्तो टिप्प्णी गरेका हुन् ।

बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था नफर्कने बताएका उनले सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक भएको बताएका छन् ।

थापाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भनेका छन्, ‘सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक छ’ ।

थापाले लेखेका छन् , ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनस्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर