नेपाली जनताको बलिदानीपूर्ण संघर्षमा माओवादीको नेतृत्वदायी भूमिकाका कारण 'उत्पीडित समुदाय'को अधिकारको प्रत्याभूति भएको हो — OSNepal

नेपाली जनताको बलिदानीपूर्ण संघर्षमा माओवादीको नेतृत्वदायी भूमिकाका कारण ‘उत्पीडित समुदाय’को अधिकारको प्रत्याभूति भएको हो

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उधौली तथा योमरी पुन्हिका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

आइतबार एक एक शुभकामना विज्ञप्तीनै जारी गरेर प्रचण्डले किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरीको शुभकामना दिएका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ ‘। समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो।’

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको प्रचण्डले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको समेत प्रचण्डलेजारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर