प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश नम्बर १ को शानदार जित , कर्णाली प्रदेश १ सय ६० रनले पराजित — OSNepal

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश नम्बर १ को शानदार जित , कर्णाली प्रदेश १ सय ६० रनले पराजित

LC (KTM) December 18, 2021 0

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नंं १ बिजयी भएको छ । आज भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनको बिशाल अन्तरले पराजित गर्दै प्रदेश नं १ ले सुखद सुरुवात गरेको हो । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले १ सय ६६ रनको लक्ष्य दिएको थिये ।

लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रनमा अलआउट भएको थियो । कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् । प्रदेश नं १ की अलिशा खडियाले सर्वाधिक ५ विकेट लिन सफल भईन् । अलिशाले ४ ओभर बलिङ गर्दै ३ मेडेन ओभर फाल्दै मात्र १ रन खर्चिन् ।

संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् । यसघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १ सय ६६ रन बनायो । कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ७६ रन जोडेकी थिईन् । अप्सरी बेगमले ६२ बलमा अविजित ६१ रनको योगदान गरिन् । कर्णाली प्रदेशकी दिब्या धामीले २ विकेट हात पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर