हामीहरु अब निणार्यक ठाउँमा पुगेका छौं , देउवाले अब सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नेछन् : उपसभापति गुरुङ — OSNepal

हामीहरु अब निणार्यक ठाउँमा पुगेका छौं , देउवाले अब सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नेछन् : उपसभापति गुरुङ

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका नेता धनराज गुरुङले सभापति शेरबहादुर देउवाले दोस्रो इनिङमा शतक नहानेपनि अर्धशतक बनाउने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

‘हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन सकेन । दोस्रो इनिङ्समा हामी पनि ब्याट्सम्यान छौँ । आशा गरौँ, हाम्रो सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ’ उनले भने ।

अहिले आफुहरु निर्णायक ठाउँमा पुगेको बताएका उनले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने बताएका छन् ।

आफ्नो समुहले ४० प्रतिशत लोकप्रिय मत पाएको बताएका उनले ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात नथाप्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर