प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण , १७ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण , १७ जना संक्रमणमुक्त

LC (KTM) December 17, 2021 0

प्रदेश १ मा पछिल्ले २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४, कटहरीमा २, सुन्दरहरैचा र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४, झापाको शिवसताक्षी र कमल गाउँपालिकामा १–१, र धनकुटाको पाख्रिबासमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर