महामन्त्रीमा निर्वाचित भएपछि गगनले भने , अब आफुसँग एक दिनपनि चुक्ने र थाक्ने सुविधा छैन — OSNepal

महामन्त्रीमा निर्वाचित भएपछि गगनले भने , अब आफुसँग एक दिनपनि चुक्ने र थाक्ने सुविधा छैन

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका नेता गगन थापाले अब आफूसँग एक दिनपनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफुप्रति सबैले न्याय गरेको भन्दै अब आफुसँग एक दिनपनि चुक्ने सुविधा नभएको बताएका हुन् ।

‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिनपनि चुक्ने सुविधा छैन । एक दिन पनि थाक्ने सुविधा छैन ।’ थापाले भने ।

अब झन् इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताएका उनले भने, ‘यदि सभापति चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो ।’

शेखर कोइराला प्यानलबाट गगन थापाले ३ हजार २३ मत प्राप्त गरी महामन्त्रीमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर