९०० मत गन्दा गगन थापालाई ६२ प्रतिशत, विश्वप्रकाशलाई ३५७ भोट — OSNepal

९०० मत गन्दा गगन थापालाई ६२ प्रतिशत, विश्वप्रकाशलाई ३५७ भोट

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस-नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।

उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर