शेखर समुहका गुरुङ र भण्डारीको अग्रता यी दुईलाई पच्छाउँदै छन्, देउवा समुहका खड्का, कसको कति मत ? — OSNepal

शेखर समुहका गुरुङ र भण्डारीको अग्रता यी दुईलाई पच्छाउँदै छन्, देउवा समुहका खड्का, कसको कति मत ?

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा भएको निर्वाचनमा ३ हजार मत गन्दा धनराज गुरुङले १४६० मत पाएका छन् । गुरुङलाई पच्छाउँदै चन्द्र भण्डारी ११७५ मत प्राप्त गरेका छन् ।

यसैगरी पूर्णबहादुर खड्काले ८९० , ल्याएका छन् । विजयकुमार गच्छदारले ८२२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार महेश आचार्यले ३५० मत ल्याएका छन् ।

कांग्रेसको १४ महाधिवेशनमा उपसभापति पदको लागि शेरबहादुर देउवाको समुहबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार रहेका छन् । त्यसैगरी शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

साथै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । यता महेश आचार्य भने स्वतन्त्र उम्मेदवारको रुपमा उत्रिएका छन् । उठेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर