यस्ता हुुनपर्छ जनप्रतिनिधी , जसले ३ बर्षको पारश्रमिक बराबरको १० लाख रुपैया अक्सिजन प्लान्टको स्थापना गर्न दिए — OSNepal

यस्ता हुुनपर्छ जनप्रतिनिधी , जसले ३ बर्षको पारश्रमिक बराबरको १० लाख रुपैया अक्सिजन प्लान्टको स्थापना गर्न दिए

LC (KTM) May 29, 2021 0

जनताले तिरेको करमा मोजमस्ति गर्दै हिड्ने जनप्रतिनिधीलाई झापाको कनकाई नगरपालिकाका मेयरले गतिलो झापड लगाईदिएका छन् । उनले आफुले पाउने ३ बर्षको पारश्रमिक जनताकै सेवामा समर्पण गरेका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेले नगरमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट स्थापना गर्न ३ वर्षको पारिश्रमिक उपलब्ध गराएका हुन् । नगरपालिकाले आज १४ औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलनमा उनले यो कुराको जानकारी दिएका हुन् ।

यो महामारीको बेलामा जनताको जिउधनको रक्षाका लागि आफ्नो पाउने ३ बर्षको पारश्रमिक बराबरको रकम १० लाख रुपैया सहयोग गरेको ओएस नेपाल लाई जानकारी दिए । नगरले ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाएको छ ।

नगरपालिकाले करिब दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । सोही प्लान्ट स्थापनाका लागि नगरप्रमुख पोखरेलले १० लाख रुपैयाँ रकमको चेक शनिवार उपप्रमुख मञ्जु दाहाल प्रसाईंलाई हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर