जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो : मलेन्द्र रिजाल — OSNepal

जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो : मलेन्द्र रिजाल

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका नेता डा मिलेन्द्र रिजालले आफुहरुको विचारको जित भएको बताएका छन् ।

बुधबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरेको शेखर समुको एक कार्यक्रममा नेता रिजालले सभापतिमा शेखरको हार भएपनि विचारको जित भएको बताएका छन् ।

‘जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो ’ उनले भने । उक्त कार्यक्रममा उनले सभापति पदमा निवार्चित भएका शेरबहादर देउवालाई समेत बधाई दिएका छन् ।

रिजाल शेखर समुहबाट महामन्त्रीका उम्मेदवार हुन् । आज उपसभापतिको मात्र मतगणना हुने भएको छ । उपसभापतिको मतगणना पछि मात्र महामन्त्रीको गणना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर