राजनीति गर्दछु भनेर प्रधानमन्त्री देउवासँग विवाह गरेकी होइन,घर बसाउँछु भनेर बिहे गरेकी हुँ : आरजु राणा — OSNepal

राजनीति गर्दछु भनेर प्रधानमन्त्री देउवासँग विवाह गरेकी होइन,घर बसाउँछु भनेर बिहे गरेकी हुँ : आरजु राणा

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ आरजु राणादेउवाले आफुले राजनीति गर्दछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग विवाह नगरेको बताएकी छन् । हिजो राति एक कार्यक्रममा सहभागी भएकी नेत्रृ राणाले यस्तो बताएकी हुन् ।

‘राजनीति शेरबहादुरजीको ‘वन्ली गोल’ हो । म श्रीमती हुँ, आमा हुँ, बज्यै हुनेछु, सामाजिक कार्यकर्ता पनि हुँ, सामाजिक नेटवर्क छ । तर देउवाको राजनीतिबाहेक अरु लाइफ छैन । मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ ।’ उनले भनिन् ।

अरु पार्टी फुटेका छन्, कांग्रेस एकढिक्का छ कांग्रेस एक ढिक्का हुनुमा देउवाको योगदान रहेको बताएकी उनले भनिन् ,’सभापतिका प्रतिद्वन्द्वी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उहाँलाई समर्थन गर्नुभयो । सबै नेताहरु उहाँसँग सबै फिट हुन्छन् । पुरुष-महिला, पाका-युवा, नया- पुराना सबैलाई उहाँले समेट्नुभएको छ । ‘

नेपालमा महिला मन्त्रालय, युवा मन्त्रालय, आईटी पार्क, हाइड्रोपावरको भिजन देउवाकै भिजन भएको भन्दै उनले देउवा नै ई-गभर्नेन्सको अवधारणा ल्याएको बताएकी छन् ।
कार्यक्रममा अघि भनिन् उनले भनिन्, ‘शेरबहादुर देउवा सुदूर पश्चिमको दुर्गम गाउँमा जन्मनुभयो । जीवन भोगाइले उहाँलाई सिकायो । उहाँ धेरै पढ्नुहुन्छ, धेरै ट्राभल गर्नुहुन्छ । सोसल मिडियामा होहल्ला गरेर या ‘कट् एन्ड पेस्ट’ गरेर मात्र भिजन हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने उहाँ नै हो । यसो भन्दैमा म करप्सन हुँदैन भन्न चाहन्नँ । हामी पनि त्यस्तै छौं । भगवानलाई पनि मेरो यो काम गरिदेऊ भनेर लड्डुको घुस चढाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर