मुलुकको अस्थीरताको मुख्य संवाहक प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी हो : अध्यक्ष ओली — OSNepal

मुलुकको अस्थीरताको मुख्य संवाहक प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी हो : अध्यक्ष ओली

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अस्थीरताको मुख्य संवाहक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भएको आरोप लगाएका छन् ।

बुधबार नविनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु अहिले सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी भएको बताएका उनले भनेका छन् , ‘सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’

स्थीरताका शक्तिहरुसँग कम्युनिष्ट एकताको कुरा नहुने बताएका उनले एकीकरण सम्भव नभएको बताएका छन् ।

अन्य व्यक्तिबाट सञ्चालमा भएका यस्ताहरुलाई राम्ररी चिनेको बताएका उनले भनेका छन्, ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर